टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा

टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे ।
 
पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ ।
उक्त सम्झौतामा टाटा मोटर्सका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ । यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र :
 
- व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
- शिक्षित युवा स्वरोजगार कर्जा,
- विदेशबाट पर्फ्केका युवा स्वरोजगार कर्जा,
- महिला उद्यमशील कर्जा, र
- दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।
 
दोश्रो सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ ।
उक्त सम्झौतामा टाटा मोटर्सका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ ।
 
समारोहमा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए ।
 
कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष सौरभ थपलिया, सेल्स प्रमुख प्रबन्धक सरद न्यौपाने लगायत बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 
सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुनेछ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001