टाटा बि एस ६ कारहरुको लागि टाटा केयर क्याम्प
20 August 2021
नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले टाटाको बि एस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जांच गर्ने हेतुले टाटा केयर क्याम्पको आयोजना गर्दैछ । टाटा केयर क्याम्प सिप्रदीको काठमाण्डौस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कशपमा यही भदौ ७ गते देखि भदौ ११ गते सम्म एकैसाथ सञ्चालन गरिँदैछ ।
सिप्रदी टेडिङ्ग प्रा.लि. ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बि एस ६ गाडीहरुमा नयाँ प्रविधीको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिंग गर्नु पर्ने हुन्छ । त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरुलाई ध्यानमा राखेर सर्भिसिंगमा सहजीकरण गर्ने उदेश्यले यो क्याम्पको आयोजना गर्न लागेको जानकारी गराउनु भयो । र यो क्याम्प बि एस ६ गाडीको ग्राहकहरुलाई लागि निकै फलदायी हुने कुरामा विश्वस्त रहेकोले सबै ग्राहकहरुलाई यस क्याम्पमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बि एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ। लेवर चार्जमा ५०% छुट, फ्री टप वाशिङ्ग, स्पेयर पार्ट्समा १५% छुट, म्याक लुब्रीकेन्ट्समा १५% छुट र जेनुइन सामानहरुमा १५% छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरु रहेका छन् । निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ ।
सर्भिस बुकिङ्गको लागि ९८०२३३३१५६मा सम्पर्क गर्न सक्नु हुनेछ ।
अन्य जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न सक्नु हुनेछ ।