काठमाडौं वर्ल्ड स्कुल र स्कुल बाई अटोम्याटिक्सबिच सहकार्य
स्कुल, कलेज तथा बिभिन्न शैक्षिक संस्थाहरुको बस लगायत अन्य यातायात व्यवस्थापन सहजताका लागि नेपाली बजारमा हालै स्कूल बाई अटोम्याटिक्स (Skool By Automatics)सार्वजनिक गरिएको छ । सिजि होल्डिङ्स चौधरी ग्रुप अन्तर्गत सुर्य्बिनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा आयोजना गरिएको बिशेष कार्यक्रममा सम्पूर्ण मिडिया समक्ष हस्तान्तरण गरियो । 
उक्त कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष ईन्जिनियर मिथिलेश कुमार झा, सिप्रदी ट्रेडिङ प्रा.लि.का सि.ओ.ओ. राजेश प्रसाद गिरी, प्रिन्सिपल राजीव क्षेत्री र बिशेष अतिथी पूर्व ट्राफिक ईन्स्पेक्टर सिताराम हाछेथु लगायत टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ प्रा.लि.का कर्मचारीहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
 
कार्यक्रममा काठमाडौं वर्ल्ड स्कुलका प्रिन्सिपल राजीव क्षेत्रीज्युले सम्पूर्ण अतिथीहरुलाई काठमाडौं वर्ल्ड स्कुलमा स्वागत गर्दै भन्नुभयो,“अन्तराष्ट्रिय प्राथमिक पाठ्यक्रम समाबेश गर्नुको साथै विश्वास्तरिय पूर्वाधारमा बनिएको नेपालको उच्च्स्तरिय शिक्षण संस्था हो । र आज हामी हाम्रा अभिभावक तथा बाल बालिकाहरुको दैनिक जीवनमा अझै सहजता ल्याउन यस स्कूल बाई अटोम्याटिक्ससँग सहकार्य गर्दैछौ ।“
 
“यो (Skool By Automatics) एपले स्कुल र अभिभावकलाई मात्र नभएर ट्राफिक ब्यबस्थापन तथा सडक सुरक्षामा पनि धेरै नै मद्धत पुग्ने देखेको छु ।“ कार्यक्रम पश्च्यात यसको बिशेषताको जानकारी पाएर पूर्व ईन्स्पेक्टर सिताराम हाछेथुले यस्तो सहकार्यलाई धन्यवाद दिदै थप्नुभयो ।
 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001