सिप्रदीको ‘स्किल अप’ कार्यक्रम : ६ महिने नि:शुल्क तालिम
काठमाण्डौ ( सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा निशुल्क ‘स्किल अप’ तालिम कार्यक्रम भइरहेको छ ।
 
सिप्रदी ट्रेडिङ प्रालिको ग्लोबल सर्भिस क्याम्प सुरु भएको दिन डिसेम्बर ५ तारिखमा यस वर्षको स्किल अप तालिम कार्यक्रमको उद्घाटन गरिएको छ । यो कार्यक्रम सिप्रदीको विभिन्न च्यानल पार्टनरहरु जस्तै आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवा लगायतबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि ६ महिने तालिम कार्यक्रम हो ।
 
तालिममा डडेल्धुरा, अछाम, रामेछाप लगायत जिल्लाका १५ जना प्रशिक्षार्थीहरुले भाग लिएका छन् । कार्यक्रमको उद्देश्य सिप्रदीको कम्पनी सँगसँगै च्यानल पार्टनरहरुको पनि विकास गरी दक्ष र तालिम प्राप्त प्राविधिकहरु उत्पादन गर्नुको साथै पछि सिप्रदीको च्यानल पार्टनरमा गएर काम गरुन् भन्ने हो ।
 
तालिममा सहभागी हुनका लागि एसईई  वा टी–एसईई  पास गर्नुपर्ने हुन्छ ।अटोमोबाइल क्षेत्रमा प्रयोग हुने सामान अत्याधुनिक बन्दै गइरहेका बेला जनशक्ति पनि त्यही अनुसारको चाहिने हुँदा तालिम दिन थालिएको हो ।
 
यो ६ महिने तालिममा प्रशिक्षार्थीहरुलाई होस्टेलमै राखिन्छ । सुरुको २ महिना प्रशिक्षार्थीहरुका लागि सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र त्यसपछि ४ महिना सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाउने व्यवस्था मिलाइएको छ । वर्कशपमा अन द जब तालिम गर्न थालेपछि भने उनीहरुलाई तालिम भत्ता पनि दिइन्छ ।
 
तालिम सकेपछि प्रशिक्षार्थीहरुको लिखित र प्राक्टिकल परीक्षा लिएर त्यसमा उत्तीर्ण हुनेलाई सुरुमा तालिमका लागि सिफारिस गरेको च्यानल पार्टनरको वर्कशपमा काम गर्न पठाइन्छ ।
 
यस वर्ष चलिरहेको स्किल अप कार्यक्रम दास्रो संस्करण हो । कार्यक्रमको पहिलो संस्करण यसअघि डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो ।
 
सिप्रदीयन सहायता संस्थाको बारेमा 
 
सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो ।
 
यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम गाउँहरूमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग प्रदान गर्ने उद्देश्य लिएको छ । साथै संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु, अपाङ्गता भएका  व्यक्तिहरुलाई सेवा र सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
 
यसका साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपतकालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कामामा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा सिप्रदीको निशुल्क ‘स्किल अप’ तालिम कार्यक्रम पनि भइरहेको छ ।
 
अटोमोबाइल्स क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको कमी
 
नेपालमा प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति कम छन् । त्यसैले पनि अटोमोबाइल्स क्षेत्रमा आवश्यक  दक्ष प्राविधिक जनशक्तिको अभाव छ । पछिल्लो समय विद्यालयस्तरबाटै प्राविधिक शिक्षा दिन थालिएकोले भविष्यमा अटोमोबाइल्स क्षेत्रमा पनि पर्याप्त जनशक्ति आउने कुरामा आशावादी हुन सकिन्छ ।तर अहिलेको अवस्थामा दक्ष प्राविधिक जनशक्तिको अभाव नै छ ।
 
अटोमोबाइल्स क्षेत्रमा आबद्ध कम्पनीहरुको दायित्व गाडी बेच्नु मात्र होइन । मेशिनरी वस्तु भएकाले गाडी बिग्रन सक्छ त्यसैले बिक्रिपछिको सेवालाई ध्यानमा राखेर प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ ।
 
यसै अनुरुप सिप्रदीले कम्पनीसँग आबद्ध संघसस्थाका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम दिइरहेको छ । यसभन्दा बाहिर रहेका तर अटोमोबाइल्स क्षेत्रमा काम गर्ने थुप्रै जनशक्तिका लागि पनि सिप्रदीले बेलाबेलामा तालिम कार्यक्रमको आयोजना गरिरहेको हुन्छ । सिप्रदीको ट्रेनिङ अन ह्वील्स कार्यक्रम छ जुन कार्यक्रमले सबै जिल्लामा गएर वर्कशपहरुमा तालिम दिन्छ ।
 
 
(सिप्रदीको मानव संशाधन शाखा प्रमुख शारदा रानासँग सहकर्मी मल्लिका थापाले गर्नुभएको कुराकानीमा आधारित)
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001