उक्त समझदारी अनुसार सिप्रदी ट्रेडिङले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरी सम्भाव्य उद्यमीहरुको पहिचान गर्नेछ भने एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।
समझदारीपत्रमा सिप्रदी ट्रेडिङका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया र एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्यायले एनएमबी बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको थियो ।