टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
 
- टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा
- सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा
१% भन्दा कम न्युनतम सेवा शुल्कमा पाँच वर्षको कर्जा अवधिका लागि प्राप्त गर्न सकिने
देशभरि रहेका सम्पुर्ण सिप्रदी ट्रेडिङ्गका डिलर र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने
 
 टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त १५०० ग्राहकहरुले टाटा मोटर्स ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा १% भन्दा कम न्युनतम सेवा शुल्कमा प्राप्त गर्न सक्नेछन् ।
 
टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । ईच्छुक ग्राहकहरुले पिकअपको लागि ९८०१९०९८९१ र कार्गोको लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
 
उक्त सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदी ट्रेडिङ्गको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् ।
 
सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरि रहेका सम्पुर्ण डिलरहरु र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001