काठमाडौं उपत्यकाभित्र प्रमुख ११ स्थानहरुमा यात्रु सहायता कक्ष

उपत्यकाका ११ विभिन्न स्थानहरुमा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा यात्रु सहायता कक्ष सुरु भएको छ ।  

 
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै निम्न उल्लेखित स्थानहरुमा व्यवस्था गरिएको छ :
  1. बल्खु,
  2. गोंगबु बसपार्क,
  3. फर्पिङ्ग,
  4. गौशाला,
  5. कलंकी,
  6. कोटेश्वर,
  7. माछापोखरी,
  8. सुन्धारा,
  9. पुरानो बसपार्क,
  10. नागढुंगा र
  11. जगाती
 
सामाजिक दुरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरियो ।
 
गत वर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको भए पनि, जाने यात्रुहरुलाई टिकट बुकिङका क्रममा बिभिन्न खालका समस्याहरु भोग्नु नपरोस भनेर यो यात्रु सहायता कक्ष राखिएको हो । उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्याहरु यात्रुहरुले भोग्नुपर्ने गुनासो आइरहेकोले यसलाई न्युनिकरण गर्ने उदेश्यले सहायता कक्ष संचालन गरिएको हो ।
 
साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् ।
 
यसको साथै यो वर्ष कोरोनाको महामारीको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै प्रतिरोधको व्यवस्थापनका  सुचना पनि यो कक्षबाट दिने तयारी गरिएको छ । त्यसैले आवतजावतको क्रममा सामाजिक दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यनिटाइजरको प्रयोग जस्ता सुचना यो कक्षबाट प्रदान गरिने भएको छ ।
 
यी सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिएको छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
Tata Motors launches its premium hatchback, the Altroz in Nepal
Key highlights: • Based on advanced ALFA platform • GNCAP 5-star rated, making it the safest car in its segment • Developed under the Impact ... 17 September 2020
टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि
नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो ... 08 October 2020
9802777886 9801106270