Now book your car online
कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । https://tatacars.sipradi.com.np/  मा गएर हेर्न सकिने यो वेब पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गर्नुभएको हो। 
 
 टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनुहुने सम्पूर्ण ग्राहक  महानुभावहरुलाई यो वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिइएको छ । त्यसबाहेक इच्छुक ग्राहक महानुभावहरुले यस पोर्टलमा सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन सक्नुहुनेछ र फोनपे या इ-सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुलाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल दुवै कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने ढंगमा बनाइएको छ ।
 
यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।
 
साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क  सर्भिसिंग र कन्सुमेवल प्रदान गरिनेछ भने फ्रन्ट-लाइनमा काम गर्नुहुने सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप रु.५०,००० छुटको व्यवस्था गरिएको छ ।
 
 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001