Tata Motors brings its Urban Toughroader, the All-New NRG in Nepal

टाटा मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ एनआरजी


टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लि ले “नयाँ फरएभर रेञ्ज” अन्तर्गतको नयाँ गाडी एनआरजीको नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राईभीङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरु तर्फ लक्षित छ ।

“अर्बन टफरोडर” को रुपमा प्रस्तुत गरिएको स्वरुप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको छ ।

सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।

उक्त कार्यक्रममा बोल्नुहुँदै टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले भन्नुभयो “हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी छौं । यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन हो, जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ । ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।”

त्यसैगरी, सिप्रदी ट्रेडिंग प्रा लि का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भन्नुभयो, “टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटर्ससंगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकहरु समक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध छौं ।”


पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ । १२०० सिसिको इन्जिन क्षमता सहित म्यानुअल र एटिएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभुति गर्दछ ।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001