मुख्य बिशेषताहरु:
- शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित ।
- विश्वसनिय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु ।
- टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । यी गाडीहरु टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् । यो संगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने पहिलो कम्पनी भएको छ । यी गाडीहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएको कम्पनीले जनाएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।
उक्त सार्वजनिक कार्यक्रममा बोल्नुहुदै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) श्री मायकं बाल्डी ज्यु ले भन्नुभयो “टाटा मोटर्स का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकवर्गले निरन्तर रुपमा अत्यन्त रुचाईरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । डिजाईन, सुरक्षा र आरामदायी टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् । यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय विशेषताहरु छन् । यसैले यी गाडीहरुले हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौं । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी हो । टाटा अल्ट्रोजले हृयाचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । टाटा टियागो र टिगोर दुबैले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।”
यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ ज्यु ले भन्नुभयो “ हामी नेपालमा एक प्रतिष्ठित ब्राण्ड भएको हुदा हाम्रा ग्राहकवर्गहरुका लागि विश्वस्तरीय उत्पादन ल्याउन सदैव प्रयासरत रहेका छौं । विगत लामो समयदेखि ग्राहकवर्गमा उत्कृष्ट गाडीहरु मार्फत सुविधा प्रदान गर्न पाउँदा टाटा मोटर्स् संग हाम्रो सहकार्य फलदायी बन्न पुगेको छ । अत्याधुनिक प्रविधिको साथमा डिजाईन गरिएको न्यु फरेवर रेन्जले टाटा मोटर्सको अति रुचाईएको गाडीहरुको नयाँ रुप दर्शाउनुका साथै उत्कृष्ट ड्राईभिङ्ग डाईनामिक्स् र उत्कृष्ट कम्फर्ट दिएको छ । नेपालमा विश्वास गरिएको ब्राण्ड हुँदा नेपाली ग्राहकवर्गहरु माझ फरेवर रेन्ज सफल हुने हामीले विश्वास लिएका छौं । ”
१.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिन भएको नयाँ टाटा टियागो म्यानुअल र एटिएम अप्सन सहित एटभान्स डुअल सस्पेन्सन सिस्टममा उपलब्ध रहेको छ । सुरक्षित र आरामदायी तथा आकर्षक (स्पोर्टी) डिजनइनका साथै एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटी सुविधाहरु रहेको छ । यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । जसको सुरुवाती मुल्य रु २८ लाख रहेको छ ।
यसैगरी, टाटा टिगोर पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र उन्नत किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रहेको छ ।
यसैगरी, टाटा नेक्सन पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्माण गरिएको छ । यसमा १२० पि एस पावर, इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका बिशिष्ट बिशेषताहरु रहेका छन् । यसमा भएको मजबूत प्ल्याटफर्म जस्तोसुकै अवस्थाको बाटोको लागि पनि उपयुक्त हुने गर्दछ र स्टेट अफ द आर्ट प्रविधि युक्त यस गाडी सुरक्षित र आरामदायी रहेको छ । टाटा नेक्सन नेक्सन ६ वटा रङ्गहरुमा डुअल टोन विकल्प सहित उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३९ लाख ९५ हजार रहेको छ ।
यहि क्रममा टाटा अल्ट्रोज पनि १.२ लिटर बि एस सिक्स पेट्रोल ईन्जिनमा अल्फा (ALFA Architecture) वास्तुकलामा निर्माण गरिएको छ जुन अत्यन्तै मजवुत रहेको छ । टाटा अल्ट्रोज यस सेग्मेन्टको सुरक्षित गाडी हो जसले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो गाडी एक्स एम प्लस भेरिएन्टमा उपलब्ध छ भने यसको मुल्य ३५ लाख ५० हजार रहेको छ ।
अन्तत, एच फाईभको पछिल्लो संस्करण नेक्स्ट जेनेरेशन क्रायोटिक १७० बि एस सिक्स डिजल ईन्जिन, १७० पि एस पावर, ३५० एन एम टर्क र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । यस गाडीमा (OMEGA ARC Architecture) वास्तुकला, ल्यान्डरोभर लेजेन्डरी D8 प्लेटफर्म, एसयुभिको उत्कृष्ट डिजाईन र सुरक्षाको संयोजन रहेको छ । यसमा रोमाञ्चक बिशेषताहरु जस्तै पानोरोमिक सनरुफ र ६ वटा तरिकाले समायोजन गर्न सकिने ड्राईभर सिट लगाएत रहेका छन् । यो गाडी पाँचवटा फरक फरक रङ्गहरुमा उपलब्ध रहेको छ । जसको सुरुवाती मुल्य ८४ लाख ९९ हजार रहेको छ ।
CLICK to watch the Launch of TATA Motors New Forever Range of Cars LIVE Video
Download