नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन, के भए त यी तीन दिन?
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको देखियो जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि थियो ।
 
पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आइपुग्नुभएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाईयो । “न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।
 
“हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधा बारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे वहाँ हरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो।“, सिप्रदीका कर्मचारी भन्छन । 
 
बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटियो। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।
 
“त्यसैगरि ईभी मै स्पेयर टायर का साथ् मा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो। “, नाडा ईभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ताको भनाई ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001