देशव्यापी मोटरसाईकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नती गरिंदै

देशव्यापी मोटरसाईकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नती गरिंदै

 
ग्राहकहरुलाई अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा दिने प्रतिबद्धताको साथ, काठमाडौँ र पोखरापछि सिप्रदीद्वारा लाहान र चितवनमा पनि मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।
 

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस् को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा सिप्रदीद्वारा देशको विभिन्न स्थानहरुमा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्रिकेन्टस् का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितीमा नेपालको प्रदेश नम्बर २ अन्तर्गत लहानको केन्द्रबिन्दु लहानचोकमा रहेको शंकर एंड ब्रदर्स आटो पार्ट्स र प्रदेश नम्बर ३ अन्तर्गत पर्यटकिय स्थल नारायणगढ़को केन्द्रबिन्दु लायन्सचोकमा रहेको चितवन बाईक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

 

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस् को प्रयोग गरी मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसको साथै म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  

 

म्याक सर्भमा स्तरोन्नती भएका वर्कशपहरुले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छन् । 

हालसम्म  काठमाडौँ, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नती भइसकेको छ भने कोहलपुर, भक्तपुर र इटहरीमा पनि छिट्टै सुरुवात हुँदैछ ।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001