कोहलपुरमा पनि म्याक परिवार

कोहलपुरमा पनि म्याक परिवार 

 
सिप्रदीद्वारा कोहलपुरमा टी. एल. ट्रेड सप्प्लायार्सलाई म्याक परिवारमा बाधेको छ भने दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।  
 
भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टी एल ट्रेड सप्प्लायार्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
 
म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 
 
यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्स लाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भमा ग्राहक महानुभावहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ ।
 
म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी २०२१ को आन्तिम  सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  
 
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
We are just a call away
  वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो दोश्रो लहर COVID 19 संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट वैशाख १६ गते देखि अति आवश्यक गतिबिधि ... 28 April 2021
Safest Car for our Safety Warriors
Safest Car for our Safety Warriors For the respect and appreciation to the frontline workers of this pandemic, TATA Motors Nepal has released ... 03 May 2021
9802777886 9801123001