म्याक परिवार अब चितवनमा पनि

म्याक ल्युब्रिकेन्टस्  को डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुको लागि बनाएको म्याक परिवार कार्यक्रमको फाइदा अब चितवनका च्यानल पार्टनरहरुले पनि उठाउन सक्नुहुनेछ ।   

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र कैलाश आयल डिस्ट्रीब्युटर्स प्रा.लि. को संयुक्त आयोजनामा चितवनको पुलचोकमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुबिधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 
 
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा कैलाश आयल डिस्ट्रीब्युटर्सका तर्फवाट विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।  
 
 
 
   
  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण ... 28 December 2020
टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक “इन्ट्रा भि २०” - नेपालमा बिक्री शुभारम्भ
मुख्य विशेषताहरु:   - सम्पूर्ण नयाँ टाटा इन्ट्रा भि २० को शुरु मुल्य रु.१९.७५ लाख पर्ने । -  नयाँ मोडुलर प्लेटफर्ममा परिकल्पना र डिजाइन गरिएको ... 10 January 2021
9802777886 9801123001