अब म्याक ल्युब्रिकेन्टस्को डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुले म्याक परिवारमा सहभागी भएर ईन्स्योरेन्स्, छात्रवृत्ति, होलिडे प्याकेज तथा अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ।
भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ग्यालेक्सी अटो प्रा.लि. को संयुक्त आयोजनामा झापाको बिर्तामोडमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक ईन्स्योरेन्स्, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुबिधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का क्षेत्रीय प्रबन्धक राजिव कुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फवाट विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।