सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानमा यात्रु सहायता कक्ष संचालन
सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखारा गरी १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो। 
दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ(बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ। यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्यांग र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष शुरु गरिएको छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ। उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।
 
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु-सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरुलाई उहाँहरुकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभुति दिलाउने छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001