सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने 

 

तालिम लिन इच्छुकहरुले सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा यहि चैत्र १८ गते भित्र दरखास्त बुझाउन आग्रह ।

 
सिप्रदी ट्रेडिङ्ग  प्रा लि ले हालै पाँचौ ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको छ । यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ । 
 
उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा TSLC उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परिक्षण समितिबाट अटोमोबाईल विषयमा Level 1 उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ । दरखास्त बुझाउन अन्तिम मिति २०७७ चैत्र १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो नि:शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइनेछ । 
 
 
विस्तृत जानकारीको लागि  ०१ – ४३११५०१ Ext No: १६३ मा सम्पर्क गर्न सक्नु हुन्छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001