एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ उठाउदै ग्राहकहरु

एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ उठाउदै ग्राहकहरु  

२००६ साल देखि सुरु भएको  ब्याट मोबाइल सर्भिसको हाल सम्म ३१६८५ भन्दा बढी एक्साइड ब्याट्री र ननं एक्साइड ब्याट्रीका ग्राहकहरुले यसको फाइदा उठाईसक्नु भएको छ।      

नेपालमा सन् २००० देखि सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले  बिक्रि वितरण हुँदै आइरहेको एक्साइड ब्याट्री अहिले नेपालको सर्वाधिक लोकप्रिय ब्याट्री बन्न सफल भएको छ । त्यसैले आफ्नो लोकप्रियतालाई निरन्तरता र ग्राहकहरुलाई सहजता दिने उदेश्यका साथ एक्साइड ब्याट्री नेपालले दिन प्रतिदिन आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गइरहेको छ ।  बिक्रि मात्र होइन बिक्रि पश्च्यातको सेवा ग्राहकहरुले पाउनु पर्छ भन्ने एक्साइड ब्याट्रीको विश्वास रहेको छ । र सोहि कारणले २००६ साल देखि एक्साइड ब्याट्रीले ब्याट मोबाइल सर्भिस संचालनमा ल्याएको थियो ।    
 
 
एक्साइड ब्याट मोबाइल सर्भिसको अन्तर्गत कसैको चारपांग्रे गाडी र दुइ पांग्रेको ब्याट्रीमा समस्या आएर ग्राहकले कम्पनीमा जानकारी गराएको खण्डमा कम्पनिको प्रतिनिधि ग्राहकको स्थानमा गएर निःशुल्क ब्याट्री जाँच गरिन्छ । कम्पनिले जनाएको अनुसार गाडी स्टार्ट नहुने तर तुरुन्त स्टार्ट गनुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भएमा कम्पनीमा जानकारी आएको खण्डमा आएर निःशुल्क ब्याट्री जाँच गरिन्छ । कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेसिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिन्छन् । 
 
 
काठमाडौँको रिङ्गरोडमा ब्याट्री स्टार्ट नभएर गाडीलाई अफरोड हुनु नपरोस् भन्ने लक्ष्यको साथ सुरु गरेको ब्याट मोबाइल सर्भिस गाडीमा ब्याट्रीको कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित थियो ।   तर बिस्तारै यो सर्भिस हाम्रा ग्राहकहरुलाई साह्रै सजिलो भइरहेको प्रतिक्रिया आउन थालेपछि यो सर्भिस रिङ्गरोडबाट हाल पुरा काठमाडौँमा उपलब्ध छ र छिट्टै देशका अरु ठाउँमा पनि सुचारु हुनेछ  । सुरुवाती चरणमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकहरुलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा संचालन भइरहेको छ । हाल सम्म ३१,६८५ भन्दा बढी एक्साइड ब्याट्री र ननं एक्साइड ब्याट्री ब्याट्रीका ग्राहकहरुले यसको फाइदा उठाईसक्नु भएको छ । 
 
    
आइतबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिबार लगायत सार्वजनिक विदाहरुको दिनमा बिहान ९ः३० बजे देखि साँझ  ५ः३० सम्म संचालन हुने एक्साइड ब्याट मोबाइल सर्भिस, कसैको गाडी स्टार्ट भएन भने हाम्रो टोल फ्री नम्बर १६६००१५५७७७ र हट लाइन नम्बर ४२४४४७५ मा फोन गरेर यो सेवाको लाभ उठाउन सक्नु हुन्छ ।    
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001