टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि
नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दे कम्पनिले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ । 
 
सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार, “गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपश्चातको सेवालाई उच्च प्राथमिकतामा दिदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ ।"
 
यसका  साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । जस अन्तर्गत २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन NTC भए १६६००१५५७७७ वा NCELL भए ९८०१५७५७७७ मा एक कलफोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ ।  
 
धार्के वर्कशप मार्फत ग्राहकहरुले टाटा कमर्शियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
Tata Motors launches its premium hatchback, the Altroz in Nepal
Key highlights: • Based on advanced ALFA platform • GNCAP 5-star rated, making it the safest car in its segment • Developed under the Impact ... 17 September 2020
टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि
नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो ... 08 October 2020
9802777886 9801106270