नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै चाडपर्वको उत्साहलाई थप प्रगाढ बनाउ ग्राहकहरूका लागि हातै खाली नजाने अफर ल्याएको छ। यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटक सम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।
सिप्रदी ट्रेडिङ–कमर्सियल भेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाई राख्न र उहाँहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धि सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।
विस्तृत जानकारी का लागि पैसा नलाग्ने नम्बर १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने छ।