नैकाप, चैत्र २१ गते
चन्द्रागिरि, नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्रा. लि. मा विशेष कार्यक्रम आयोजना गरी टाटा मोटर्स र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मालबाहक तर्फ ट्रक, ट्रेलर व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सिप्रदीका तर्फबाट श्री साम्देन छिरिङ्ग लामा, टाटा मोटर्सका तर्फबाट श्री सामान्य दास का साथै आमन्त्रित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ - मालबाहक तर्फका उपाध्यक्ष श्री यादव लाल श्रेष्ठ, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष श्री तारा बहादुर कुँवर, नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष श्री राम कुमार चापागाईं ज्युले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन भएको थियो भने साथमा विभिन्न संघ संस्था र व्यवसायीहरु उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई सिप्रदी र टाटा मोटर्सका नयाँ योजना र प्रविधिका साथमा हाल नेपाली बजारमा भईरहेका विभिन्न विषयहरुमा छलफल भएको थियो ।
Download