सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि
02 April 2021
सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहजरुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । २०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्र्तगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर श्री समान्य दास र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ग्राहक सेवाका महाप्रवन्धक श्री सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्धाटन गरेका थिए ।
उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरु संचालन गर्दै आउनु भएका ग्राहक श्री चिरन पराजुली लाई सम्मान गर्नु का साथै टाटा BSIV गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० जना भन्दा बढि ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए ।
ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्नेछन् ।