सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाडौँ जोरपाटीमा पनि

सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाडौँ जोरपाटीमा पनि

 

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ भने चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

 

टाटा मोर्टसका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाडौँ को जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । २०७७ माघ ३० गते सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कशपको उद्घाटन गरेका थिए । ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्नेछन् । उक्त वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट् चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिवार पनि दिउसो १ः०० बजे सम्म वर्कशप खुल्ला रहने छ ।

 

त्यसै गरी काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले पनि ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको सेवा सुविधाहरुमा विस्तार गरेको छ । टाटा योद्धाका ग्राहकहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उदेश्यले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ । जस अन्तर्गत टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट् चेक अप,  ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिवार पनि वर्कशप खुल्ला रहने सेवा तथा सुविधाहरु रहेका छन् ।

 

टाटा मोर्टस कमर्शियल गाडीको ग्राहक सेवा अन्तर्गतका कन्ट्रि मेनेजर श्री समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेइकल सेल्स का श्री तुसार गुप्ताले संयुक्तरुपमा उक्त सेवा तथा सुविधाहरुको शुभारम्भ गरेका थिए ।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण ... 28 December 2020
टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक “इन्ट्रा भि २०” - नेपालमा बिक्री शुभारम्भ
मुख्य विशेषताहरु:   - सम्पूर्ण नयाँ टाटा इन्ट्रा भि २० को शुरु मुल्य रु.१९.७५ लाख पर्ने । -  नयाँ मोडुलर प्लेटफर्ममा परिकल्पना र डिजाइन गरिएको ... 10 January 2021
9802777886 9801123001