टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ – सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका– ११,सिन्धुपाल्चोक को नव निर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ । उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले समुद्घाटन गर्नु भएको थियो ।
नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.स. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ। श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय तथा श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माण संगै सातवटै विद्यालयको हस्तान्तरण गरिएको छ । अरु हस्तान्तरण भैसकेका विधालय भवनहरु जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे छ ।
हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो ।
हस्तातन्तरण समारोहमा बोल्दै सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भन्नुभयो, “नेपालमा वि.स.२०७२ सालमा आएको विनाशकारी भूकम्पले यँहा धेरै क्षति गरेको थियो। त्यसैले केही वर्षदेखि हामीले यस पुनर्स्थापना परियोजना प्रति दिलो ज्यान दिएका छौँ । यस विद्यालयसंगै हामीले सिन्धुपाल्चोकमा सुविधा सम्पन्न कक्षाकोठाहरू रहेका सातवटा विद्यालयको हस्तान्तरण गरिसकेका छौ र भावी दिनमा पनि सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू प्रति हामी समर्पित रहेर यस्तै कार्यहरुलाई निरन्तरता दिनेछौ । साथै यस परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबैजनालाई कृतज्ञता ज्ञापन गर्न चाहन्छौ ।”
सो समारोहमा टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालको साथै भवन निर्माणका क्रममा सहयोग गर्नु हुने विभिन्न सहयोगीलाई सम्मान पनि गरिएको थियो ।