टाटा मोटर्सद्वारा एकैदिन १११ वटा गाडी डेलिभरी
नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग  प्रा. लि. ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्रि तथा बिक्रि पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तिन दशक भन्दा धेरै समयदेखी टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधासम्पन्न गाडीको बिक्रिबितरण र बिक्रि पश्चातका सेवाहरु उपलब्ध गराउदै आएको छ ।
 
यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पुर्याएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेडिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ । टाटा मोटसर््को  नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका रहेका छन । हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ ।
 
बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पुर्याउदै आईरहेको छ । साथै टाटा मोटर्सका गाडी खरीद गर्न चाहने खरीदकर्ता हरुले आफुलाई पायक पर्ने टाटा मोटस्का सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001