टाटा प्रोटेक्ट भनेको के हो त ?

19 Feb , 2020

 

टाटा प्रोटेक्ट विविध सेवाहरुको एक प्याकेज हो जसले टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्दछ । ग्राहकले गाडी खरिद गर्नुभन्दा पहिले कुन प्रयोजनको लागि कस्तो खालको गाडी खरिद गर्दा उपयुक्त हुन्छ भनि सहि परामर्श प्रदान गर्ने, गाडी खरिद गर्दा फाइनान्स, बिमा आदिको व्यवस्था मिलाईदिने र गाडी खरिद गरिसकेपछि गाडीको सर्भिस तथा मर्मतको ग्यारेन्टी टाटा प्रोटेक्टका विविध सेवा तथा सुविधाहरुले गर्दछ ।

 

टाटा प्रोटेक्टको प्रमुख उदेश्य के हो त ?

 

यसको प्रमुख उदेश्य भनेकोनै ग्राहकहरुलाई झन्झट विनाको छिटो छरिटो, गुणस्तरीय सेवाहरु प्रदान गरी गाडीको ब्रेकडाउन टाइम कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनिकरण गरी ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्नु हो ।

 

टाटा प्रोटेक्ट अन्र्तगत कस्ता कस्ता खालका सेवा तथा सुविधाहरु पर्दछन् ?

 

कमर्शियल गाडीका ग्राहकहरुको मुख्य आवश्यक्ता भनेको छिटो सेवा, न्यून संचालन खर्च, गुणस्तरीय सेवा तथा कम्पनि सगं सहज सम्पर्कका मध्यमहरु। यी चारवटा चिजको समायोजन नै टाटा प्रोटेक्ट हो ।

 

ग्राहकहरुलाई सहज तथा छिटो सेवा प्रदान गर्नका लागि सिप्रदीको नेपालभरी विस्तारित सर्भिस सेन्टर तथा स्पेयर पार्टस् आउटलेटहरु रहेका छन् ।
 
त्यसैगरि सिप्रदी एक्सप्रेस सेवा मार्फत ४८ घण्टा भित्र गाडी नबनेमा प्रत्येक दिन रु ११०० का दरले क्षतिपूर्ति प्रदान गरिन्छ ।
 
संजिवनि योजना अन्तर्गत कम खर्चमा वारेन्टी सहित ६ दिनमा गाडीको इन्जिन बनाउने सुविधा छ नभएमा मोडल अनुसार ५०० देखी १००० प्रति दिनका दरले क्षतिपूर्ति प्रदान गरिन्छ ।
 
२४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन सेवा जहाँ एक कल फोन गर्दा हरेक समस्याको सवैभन्दा छिटो समाधान पाइन्छ । प्रि वुकिङ्ग सुबिधा, टोकन सुबिधा, स्कूल बस विषेश सर्भिस समय, Dedicated Service bays, Quick Service bays आदि ग्राहकहरुलाई छिटो सेवा प्रदान गर्नका डिजाइन गरेका सेवाहरु हुन ।

 

ग्राहकहरुको संचालन खर्च न्यूनिकरणको लागी मोवाइल सर्भिस वर्कशप, ४ वर्ष सम्मको सर्वाधिक वारेन्टी सुविधा, वर्कशपमा फेरीएका पार्टस्हरुमा ६ महिनासम्मको वारेन्टी, कि एकाउन्ट कस्टमरहरुका लागी लोयल्टी प्रोग्राम, एक्सिडेन्टल गाडी मर्मतका लागी क्यासलेस इन्सुरेन्सको सुविधा, अनसाइट सर्भिस सर्पोट, चालकहरुका लागी सुरक्षित तथा किफायती ड्राइभिङ सम्बन्धि तालिम आदि कार्यक्रमहरु रहेका छन् ।

 

ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको उच्चकोटिको गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गर्नका लागि विभिन्न स्थानमा नयाँ प्रविधिको उपकरणहरुजडित वर्कशपहरु ( जहाँ जेन्यूइन स्पेयर पार्टसहरुको प्रयोग गरी तालिम प्राप्त अनुभवि प्राविधिक तथा इन्जिनियरहरुले काम गर्दछन् ।
 
अन्तर्राष्ट्रिय स्तरको ISO 9001: 2015 तथा वर्कशप सुरक्षा को लागी OHSAS 18001:2007  मान्यता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको Workshop Management System Microsoft Dynamics NAV को प्रयोग गरिन्छ ।

 

कम्पनि तथा ग्राहकविचको सम्बन्ध सहज बनाउनका लागि सिप्रदी एप्स्, कर्पोरेट वेब साइट, टोल फ्री सेवा, पोस्ट सर्भिस फिडब्याक, फेसबुक पेज, यूटूव च्यानल, कि एकाउन्ट पोर्टल, एस एम एस सेवा आदि रहेका छन् । ग्राहकलाई आफू अनुकुल कुनै पनि माध्यमबाट आफूलाई आवश्यक जानकारी, गुनासो तथा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

 

टाटा प्रोटेक्टले ग्राहकलाई चाहि कस्तो फाइदा प्रदान गर्दछ ?

 

टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले, गाडीको ब्रेकडाउन टाइमलाई कम गराई ग्राहकको आम्दानी तथा मुनाफा अभिबृद्घि गर्न सहयोग पुयाउछँ । कमर्शियल गाडीहरु भनेको कमर्शियल प्रयोजनका लागी खरीद गरीएको हुन्छ । त्यस्ता गाडीहरु एक दिन पनि ब्रेकडाउन भएमा ग्राहकले ठूलो नोक्सानी व्यर्होनु पर्ने हुन सक्छ । हाम्रो प्रयत्न भनेको त्यस्तो नोक्सनीबाट ग्राहकलाई जोगाउने हो । त्यसै गरी टाटा प्रोटेक्ट अन्तर्गतका सेवाहरुले ग्राहकलाई एउटै छातामुनि विविध खालका सेवा तथा सुविधा प्रदान गर्दछ यसले ग्राहक र कम्पनिबिचको सम्बन्धलाई अझै नजिक बनाउँछ ।
 

 

#TATAProtect #Trust #Confidence
9802333150 9801123001