लकडाउन पश्चात तपाईंको गाडीलाई कसरी सुरक्षित तरिकाले तयार राख्ने ?

11 May , 2020

लकडाउनको नकारात्मक असर तपाईं र तपाईंको गाडी दुवैलाई पर्न सक्छ ।

तल उल्लेखित साधारण कुराहरुमा ध्यान पुर्याउनु भयो भने आफ्नो गाडीलाई सही अवस्थामा राख्न सक्नुहुनेछ र लकडाउन पश्चात बजारको माग तथा आवश्यक्तालाई सजिलै पूर्ति गर्न सक्नुहुनेछ ।

१. कोरोना भाइरस फैलिनबाट बचाउनको लागि आफ्नो गाडीलाई तल उल्लेखित विधि अनुसार स्यानिटाइज गर्नुहोस्।
- प्यासेन्जरसँग सम्पर्कमा आएका सम्पूर्ण गाडीका भागहरु जस्तै ह्यान्डल, पिलरहरु, सिटहरु, आर्म रेस्ट, हात राख्ने ठाउँहरु, ग्लासहरु आदिलाई राम्रोसँग स्यानिटाइज गर्नुपदर्छ ।
- स्प्रे उपकरणको प्रयोग गरी इन्फेक्सन हुनसक्ने क्षेत्रहरुमा सिधै स्प्रे गर्नुहोस् ।
 
- आवश्यक परेमा सफा तथा सुख्खा कपडाको प्रयोग गरी त्यसलाई पुछ्नुहोस्  ।
 
- सफाइमा प्रयोग भएका कपडाहरुलाई जिम्मेवारी बहन गरी सुरक्षित स्थानमा नस्ट गर्नुपर्छ ।
 
- सफाइमा सहभागी हुनुअघि सम्पूर्ण व्यक्तिहरुले व्यक्तिगत सुरक्षका सम्पूर्ण उपकरणहरु (एप्रोन, मस्क, पन्जा, सेफ्टि सुज, चस्मा) प्रयोग गर्नुपर्छ ।

 

२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एयर इनटेक प्रणालीको चेक जाँच गरौं ।

 

३. इन्टर कुलर तथा रेडियटरबाट कतै लिकेज भएको छ कि ? चेक जाँच गरौं ।

 

४. गाडीको ब्याट्रिको अवस्था चेक गरौं र यदि चार्ज नभएमा चार्जिङ्ग स्टेसनमा लगेर चार्ज गरौं।

 

५. पावर स्टेरिङ्ग पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज चेक गरौं ।

 

६. कुलेन्टको लेभललाई चेक गर्नुहोस् र यदि कम भएमा अधिकतम लेभल सम्म पुग्ने गरी थप गर्नुहोस् ।

 

७. रवर पाइप तथा होजहरुको अवस्था चेक गर्नुहोस् ।

 

८. टायरको अवस्था चेक गर्नुहोस् र सहि टायर प्रेसरलाई कायम राख्नुहोस् ।

 

९. डिप स्टिकले इन्जिन आयलको लेभल चेक गरौं र यदि कम भएमा थप गरौं । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।

 

१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज  छ कि चेक गरौं । गाडी स्टार्ट गरेको केही समय सम्म RPM बढाउनु हुन्न तथा इन्जिन बन्द गर्ने बेलामा पनि RPM बढाउनु हुन्न ।

 

कुनै पनि टाटा गाडीको आकस्मिक मर्मतको आवश्यकता परेमा कृपया हाम्रो टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोला:

१६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL)

9802333150 9801123001