लकडाउनको बेला आफ्नो ट्रयाक्टरको हेरचाह कसरी गर्ने?
31
May
, 2020
लकडाउनको बेला आफ्नो ट्रयाक्टरको हेरचाह कसरी गर्ने ?
यदी हजुरको ट्रयाक्टर यो लकडाउनको अवधि भरि घरमै थन्केको अवस्था छ भने, यसमा विभिन्न समस्याहरु आउन सक्ने संभावना प्रबल रहेको हुन्छ। त्यसैले तल उल्लेखित साधारण कुराहरुमा ध्यान पुर्याउनु भयो भने आफ्नो ट्रयाक्टरको हेरचाह गर्न सक्नु हुन्छ।
१. ट्रयाक्टरलाई हरेक दुई - तीन दिनमा केहि समयको लागि स्टार्ट गरेर राख्नु होस् ।
२. ट्रयाक्टरलाई कुनै छाना मुनी या तिरपालले छोपेर राख्नु होस् ।
३. ट्रयाक्टरको चारवटा चक्काको तल इट्टा अथवा काठ राख्नु होस् ।
४. ट्रयाक्टरको पर्किङ्ग ब्रेक र खुट्टाको ब्रेक दुवैलाई अफ गरेर राख्नु होस् ।
५. क्लच प्लेटलाई डिक्लच गरेर राख्नुहोस् ।
६. बुश र बेरिङगलाई ग्रीसिङ गर्नु होस् ।
हजुरहरुलाई आफ्नो ट्रयाक्टरलाई चाहिने लुब्रिकन्टको सम्बन्धि केहि जिज्ञाशा भएमा हाम्रो टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोला: