अन्तर्राष्ट्रिय युवा दिवस २०२० - सफल उद्यमी युवाहरू को कथा

12 Aug , 2020

 

हरेक वर्षको अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ। नेपालमा पनि यो दिनलाई युवाहरुको राष्ट्रिय विकाससम्बन्धी नेतृत्वको भूमिकालाई महत्त्व दिँदै उनीहरूको उद्यमशीलता, क्षमता र स्वरोजगारलाई प्रोत्साहन गर्ने दिनको रूपमा मनाइँदै आइएको छ।

 

 SIPRADI TATA Yodha

योद्धा ईश्वर कुसुले
- तरकारी तथा फलफुल ढुवानी सेवा

" हाम्रो घरको आर्थिक स्थिति कमजोर भएकोले सानै उमेरदेखि काम गर्नुपर्ने अवस्था थियो | म १६-१७ वर्षको हुँदा मलाई विदेश जाने ठूलो रहर थियो | त्यसबेला मेरो ठूलो दाजु भर्खर मात्र विदेश पुगेर खास उपलब्धि नभएपछि नेपाल फर्किनुभएको थियो । आमाको साथ र सहयोग पाएर २२ वर्षको उमेरमा मैले तरकारी ओसारपसार गर्ने आफ्नै व्यवसाय सुरु गरें । म लगभग १६ वर्षको उमेरदेखि नै सहायक चालकको रूपमा यातायातको क्षेत्रमा काम गर्थें । अरूको लागि काम गर्दा मेहनत अनुसारको पैसा नपाइने हुनाले बिस्तारै आफ्नै गाडी - यो टाटा योद्धा किन्ने निर्णय गरें ।

युवा अवस्थामा - कम उमेर भएकोले होला, चाहेको काम गर्न नपाइने, लगानीको लागि पैसा सापटी लिन गाह्रो हुने जस्ता समस्याहरू आउँथे । टाढा टाढा जाँदा बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपको डर हुने र ज्यानको खतरा हुन्छ कि भन्ने डर हुन्थ्यो । यी सबै चुनौतीहरुलाई पार गर्दै म अघि बढें। अहिले मेरो व्यापार राम्रो भइरहेको छ र म सन्तुष्ट छु । व्यापार गर्दा सानोतिनो समस्या त आइ नै राख्छ तर पनि यो मैले रोजेको बाटो हो भन्ने सोचेर यसमै निरन्तर लागि परेको छु ।

म अहिले सम्पूर्ण युवाहरुलाई आफ्नो रुचि जुन पेसामा छ, त्यसमै सिप हासिल गरी अघि बढे सफल भइन्छ भन्ने सुझाव दिन चाहन्छु | विदेशमा कमाउने पैसा नेपालमा नै कमाउन सकिन्छ भने म विदेश जानुको कुनै अर्थ देख्दिनँ । हिम्मत र आँट भए, सही सोचका साथ सही कुरामा लगानी गरियो भने नेपालमा नै पक्का केही गर्न सकिन्छ। आफ्नै केही गर्न चाहने युवा साथीभाइहरुलाई आफ्नो रुचि केमा छ, त्यसमै सिप हासिल गरी अघि बढे सफलता धेरै टाढा नभएको बताउन चाहन्छु ।"
 
 
SIPRADI TATA Ace
दिव्यांश दिनेश
-एस .डी . ट्रान्सपोर्ट
 
"२००८ सालको कुरा हो ,म १६ वर्षको थिएँ | मैले अरूको लागि सानोतिनो काम गर्थें । यसरी अरूको लागि काम गर्दै जाँदा आफ्नै केही गर्नुपर्छ भन्ने सोच आयो । तर मसँग लगानी गर्ने क्षमता नभएकोले मैले एकजना चिनेको दाईलाई TATA Ace गाडी किन्न लगाएँ र उहाँलाई विश्वास दिलाएँ कि म उहाँको लगानी सुनिश्चित गर्दै फाइदा हुने गरि गाडी चलाउँछु । त्यसबाट वार्षिक २-४ लाख रुपैया कमाउन थालेपछि मैले आफैं TATA Ace किनें । म करिब २५ वर्षको थिएँ । चुनौतीहरु निकै आए - विशेषगरी बैंकले लगानीको लागि ऋण दिन विश्वास नगर्ने र ऋण पाइहाले पनि लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले रातभरि निद्रा नलाग्ने जस्ता समस्याहरु आइरहे । तर, आफ्नो लक्ष्य पूरा गर्न म निरन्तर लगनशील भएर अगाडी बढें । त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेन ।
 
अहिले मसँग ४-५ वटा TATA Ace छन् | मेरो ढुवानीको मात्र कम्पनी नभएर महिलाहरुका लागि आवश्यक पर्ने सामग्रीको पसल पनि छ । मेरो दुवै व्यापार राम्रो चलिरहेको देखेर म सन्तुष्ट छु । विदेश जानै पर्छ भन्ने मलाई लाग्दैन । स्वदेशमै केहि सानोतिनो काम गर्न सकियो भने त्यसलाई निरन्तरता दिंदै जाँदा एकदिन ठूलो बनाउन सकिन्छ । मैले मेरो युवा अवस्थामै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वाससँग अगाडि बढेको थिएँ । काम गर्दै जाँदा मैले सामाजिक सम्बन्धहरू बढाएँ । यिनै सामाजिक सम्बन्धहरूले गर्दा पनि मलाई मेरो व्यापारमा अघि बढ्न सजिलो भयो । एकदम उच्च जोखिममा लगानी गर्नुभन्दा मध्यम नाफालाई मध्यनजर गरी नेपालमै केही गर्न सके अवश्य सफल भईन्छ ।"
 
 
SIPRADI TATA Motors
नवीन बोहोरा
-शिव लजिस्टिक्स प्रा. लि.
 
"म सानो छंदा नै मेरो परिवारको ट्रान्सपोर्ट र लजिस्टिकको व्यापार थियो । सानैदेखि म आफ्नो बुवाको काम प्रति आकर्षित थिए । म २२ वर्षको हुँदा मैले बुवाको व्यापारमा हात बढाउँने निर्णय गरे । त्यतिबेला हामीसँग टाटाको ६ वटा गाडी थियो । हाम्रो व्यापार निरन्तर राम्रो हुँदै गयो । हामीले गाडी थप्दै गयौँ र त्यही अनुसार व्यापारको रुटहरू पनि बढाउँदै गयौँ। अहिले हामीसँग टाटाको १५ वटा ट्रक, १० वटा ट्रिपर र ६ वटा ट्यांकर छन् । वीरगञ्ज, नेपालगञ्ज, धनगढी , काठमाडौँ , विराटनगर र इटहरी हाम्रा केही विशेष रुटहरू हुन्। पहिलेदेखि नै बजारमा हाम्रो ब्रान्ड स्थापित भइसकेकोले मैले यो व्यवसाय शुरु गर्दा चुनौतीहरूको खासै सामना गर्नुपरेन । हामीलाई बैंकबाट लोन लिन पनि खासै गाह्रो थिएन । यसको लागि सिप्रदीले पनि राम्रो सहयोग गरेको थियो । यी कुराहरूलाई आफ्नो शक्ति सम्झिएर अघि बढ्यौँ । हामी बजारमा केही नयाँ गर्न चाहन्थ्यौँ। यही सोचले हामीले नयाँ प्रविधिको गाडी नेपालमा भित्र्यायौँ । र ती विश्वस्तरीय प्रविधिका गाडीहरुको जानकारी दिनुका साथै ती गाडी हामीलाई उपलब्ध गराउन सिप्रदीले सहयोग गर्यो। यो नै हाम्रो विशेषता बन्यो ।
 
नेपालको बाटोहरू राम्रो नभएकोले गाडीलाई उचित अवस्थामा राखीराख्न चाही निकै चुनौतीपूर्ण महसुस गरे। तर, हामी जस्तो व्यवसाय गर्नेहरूसँग यसको कुनै विकल्प छैन । यो कुरा बाहेक अरु सबै राम्रो छ । यो व्यवसायमा समय व्यवस्थापन गर्नु एकदमै महत्वपूर्ण हुन्छ । कहिलेकाँही बहुमूल्य सामानहरू र कतिपय नाशवान् सामानहरूको ढुवानी गर्नपर्ने हुन्छ, जसलाई समयमा नै गन्तव्य पुर्याउन सके हामी बलियो देखिन्छौं। त्यसबाहेक आफूसँग भएको स्रोतको उचित व्यवस्थापन गर्नसक्नु पनि महत्वपूर्ण सीप हो । व्यवसाय ठूलो हुँदै जानुमा कर्मचारीहरूको मेहेनत र समर्पणको ठूलो हात हुन्छ, हाम्रो व्यवसायमा कहिलेकाँही लामो दुरीको यात्रा गर्दा रातभर गाडी चलाउन पर्ने हुन्छ । यस्तो बेला कर्मचारीहरूको भूमिका मुख्य हुन्छ। व्यवसाय गर्न चाहनुहुने युवा साथीहरूलाई पनि म यी तिन कुराहरूको व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुन्छ भनी सल्लाह दिन चाहन्छु ।
 
युवा साथीहरूले विदेश नै जानुहुन्न भन्ने पक्षको मान्छे म होइन । तर, नेपालमा गर्न सकिने काम गर्न नै विदेश जानु पर्दैन। आफूलाई रुचि भएको क्षेत्र रोजेर सोही क्षेत्रमा लगानी गर्न सके र नियमित सेवा भन्दा थप नयाँ केही दिन सके नेपालमा नै सफल व्यवसायी बन्न सकिन्छ।"
 

Happy International Youth Day

#YuwaShakti

9802333150 9801123001